हाइसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

बर्दिया । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँसगढी नगरपालिका–३ लखना चोकमा मंगलबार हाइसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले ठक्करबाट गम्भीर घाइते भएका सोही पालिका–७ का गाहुल थारुलाई कोहलपुरस्थित मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

डीएसपी अर्यालका अनुसार लुप्र ०३–००१ ख ००३८ नम्बरको हाइसको ठक्करबाट थारुको ज्यान गएको हाे । प्रहरीले हाइसका चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ ।