हुण्डी कारोबारमा संलग्न भएको आशंकामा ५ जना चिनियाँ पक्राउ, ७८ लाखभन्दा बढी बरामद

काठमाडौं। हुण्डीको कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना चिनियाँ नागरिकलाई पकाउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार बिहान ठमेलस्थित भियाना होटलमा छापा मारी ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ७८ लाख रुपैयाँभन्दा बढी बरामद गरेको टोलीमा संलग्न एक अधिकृतले जानकारी दिए।

होटल ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङ लामाको हो l उनी हाल अदालतको आदेशमा पूर्पक्षका लागि थुनामा छन्। उनकी पत्‍नी भने फरार छन् l यसअघि राजस्व अनुसन्धान विभागको टोलीले पनि होटलमा छापा मारेको थियो।