चीनले रक्षा बजेट बढाउँदा पश्चिमा देशहरू थप सशंकित

काठमाडौं । चीन लगातार आफ्नो सेनालाई बलियो बनाउनमा व्यस्त छ । यही कारणले गर्दा उनी अहिले विश्वका लागि खतरासमेत बनेको पश्चिमि मिडियाहरूले लेख्दै आएका छन । द सनका अनुसार बेइजिङ आफ्नो सेना र आणविक हतियारको शक्ति देखाउन निकै आतुर रहेको अवस्थामा छ । अहिले विश्व मञ्चमा आफ्नो दबदबा कायम गर्न चाहन्छ, जसका लागि उ अवसरको खोजीमा रहेको छ ।

वर्तमान राष्ट्रपति सी जिनपिङलाई त्यहाँका जनताले माओत्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेर्छन्। उनले देशमा निकै कडा शासन गरेका छन् । यदि कसैले आफ्नो नियम वा आफ्नो अख्तियार विरुद्ध केहि बोल्यो भने सिधै कडा कारबाही हुन्छ। जिनपिङले चीनमा हतियार विकासमा अर्बौं डलर खर्च गरेका छन् ।

युकेको इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजका अनुसार गत वर्ष चीनको रक्षा बजेट १७५ अर्ब पाउण्ड अर्थात १८.३० लाख करोड अमेरिकन डलर बराबर थियो। हाल चिनियाँ सेनामा २० लाखभन्दा बढी सैनिक सक्रिय रहेका छन् जबकि अमेरिकामा सक्रिय रिजर्भ आर्मीको संख्या करिब १३ लाख मात्र रहेको छ । जसका कारणा हाल चीन सबैभन्दा ठूलो सेना भएको पहिलो देश हो।

साथै, मिडिया रिपोर्टहरूका अनुसार चीनसँग हाल ५०० भन्दा बढी आणविक हतियार छन् । यति मात्र होइन, आगामी दिनमा यसको संख्या अझै बढ्ने देखिएको छ । अमेरिका र रुस विश्वमा सबैभन्दा धेरै आणविक हतियार भएका देशहरू हुन्। उनीहरुसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको जनाउँदै आइएको छ ।

पश्चिमा विज्ञहरू यो विश्वास गर्छन् कि चीनले आफ्नो आणविक हतियारलाई अगाडि बढाउन जुन गतिमा काम गरिरहेको छ, त्यसको प्रयासमा केही खतरनाक नियत लुकेको छ। जसका कारण चीनको बढ्दो शक्तिलाई ध्यानमा राख्दै पश्चिमी देशहरू आफ्नो सैन्य शक्ति र युद्ध सामग्री थप बढाउन बाध्य र बिवश भएका छन् । त्यसैले त चीनसँग केही पश्चिमी देशहरू डराउँछन्। उनीहरू विश्वास गर्छन् कि उनीहरूले चिनियाँ सेनाको सामना गर्न सक्दैनन्।

समाचार अनुसार धेरै पश्चिमी देशहरूले आफ्नो क्षमताको बारेमा असुरक्षित महसुस गरिरहेका छन्। गत वर्षको पेन्टागनको रिपोर्टलाई हेर्दा चीनले आगामी ६ वर्षमा आफ्नो आणविक हतियार दोब्बर बनाउने योजना बनाएको छ । चीनसँगै इरान, रुस र साउदी अरेबिया जस्ता सहयोगी राष्ट्रहरू पनि छन् । यी देशहरूसँगको सम्बन्धलाई बलियो बनाएर परमाणु हतियारको संख्या बढाउन सक्छ भन्ने उनीहरूको आंकलन रहेको छ ।

उता, चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ भन्ने कुरामा कुनै शंका छैन। आवश्यक परे यो राष्ट्रलाई वशमा पार्न बल प्रयोग पनि गर्नेछ । सन् १९४९ मा छुट्टिए पछि ताइवानले आफूलाई स्वशासित राष्ट्रको रूपमा हेरेको छ, जुन चीनले मानिरहेको छैन । त्यसैले हालैका दिनहरूमा चिनियाँ वायु सेनालाई ताइवानको वायु रक्षा क्षेत्रमा धेरै पटक देखाइएको छ।

ताइवान विवादका कारण हाल अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । गुप्तचर रिपोर्टका अनुसार जिनपिङले आफ्नो पिपुल्स लिबरेशन आर्मीलाई सन् २०२७ सम्ममा ताइवान कब्जा गर्न तयार हुन निर्देशन दिइसकेका छन, जुन पश्चिमी मिडियाले लेख्दै आएका छन ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.