अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भेट्यो भारतीय विदेशमन्त्री जयशंकर

काठमाडाैं । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतका विदेशमामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ।

टोलीले शुक्रबार विदेशमामिला मन्त्री जयशंकरको कार्यालयमा पुगेर नै नेपाल-भारत सहयोगको विभिन्न पक्षमा छलफल गरेको मन्त्री जयशंकरको सचिवालयले जनाएको छ।

विदेश मामिला मन्त्री जयशंकरले एक्समा ट्वीट गर्दै गर्दै नेपाल-भारतको गहिरो सहयोग र नजिकको सम्बन्धका बारेमा राम्रो छलफल भएको बताएका छन्।

यस्तै, टोलीलाई शुक्रबार नै हैदरावाद हाउसमा स्वागत गरिएको थियो। भारतीय पक्षले सामाजिक संजाल एक्स मा ट्वीट गर्दै समितीका सभापती सांसद सांसद राजकिशोर यादवको नेतृत्वको टोलीलाई हैदरावाद हाउस, नयाँ दिल्लीमा स्वागत गरेको जनाइएको थियो।

भी मुरलीधरनले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै लेखेका थिए, ‘माननीय सांसद राजकिशोर यादवको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिको हैदरावाद हाउस, नयाँ दिल्लीमा आयोजना गर्न पाउँदा खुसी लागेको छ। भारत-नेपाल सम्बन्धमा सकारात्मक गतिलाई महत्व दिन र निरन्तर संसदीय आदानप्रदानमा सहयोग पुग्नेछ।’

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबारदेखी समितीका सभापती यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी भारत भ्रमणमा छन् ।

३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ। जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका अजेन्डा उठाउन सुझाव दिएको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.