कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री जयशङ्कर

नयाँ दिल्ली । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताएका छन्।

“क्यानडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ”, उनले भने।

मध्य सेप्टेम्बरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाको भूमिमा सिख नेता हरदीप सिंह निज्जरको हत्यापछाडि भारत सरकारको एजेन्टहरूको हात भएको आरोप लगाउनुभएपछि क्यानडा र भारतबीचको सम्बन्ध तनावपूर्ण भएको छ।

भारतले उक्त आरोपलाई अस्वीकार गर्दै ‘तर्कहीन र प्रेरित’ भनेको छ। दुवै मुलुकले आफ्ना नागरिकलाई एक अर्को देशको यात्रा गर्दा ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेका छन्। यसका साथै भारतले क्यानडामा भिसा प्रशोधन केन्द्र सेवाहरू निलम्बन गरेको छ।

गत साता क्यानडाले क्यानडाले ४१ कूटनीतिज्ञ र उनीहरूसँगै आएका ४२ आश्रितलाई भारतबाट फिर्ता बोलाएको थियो। भारत सरकारले उनीहरूको कूटनीतिक उन्मुक्ति खोस्ने धम्की दिएपछि क्यानडाले उनीहरूलाई फिर्ता बोलाएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.