६० किलो सुन प्रकरण : फरार रहेकाे एक चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा

काठमाडौं । त्रिभुवनविमान स्थलबाट ६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ।

साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७ सय १६ ग्राम सुन भेटिएको थियो।

सुन बरामद भएपछि नेपालबाट भारत भागेका चिनियाँ नागरिक आसिन भनिने पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बतायो।

उनलाई एसएसबीले पक्राउ गरी खरिबारी प्रहरीलाई बुझाएको इन्डिया टुडेले जनाएको छ। चिनियाँ जासुस हुनसक्ने आशंकामा उनीमाथि अनुसन्धान जारी छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.