रियल स्टेट क्षेत्र संकटमा पर्दा चिनियाँ बैंकहरु दबाबमा, चुलियो खराब कर्जा

एजेन्सी । पछिल्लो समयमा चीनमा देखिएको आर्थिक संकटको नकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा देखिन थालेको छ। जसका कारण बैंकहरुले खराब कर्जा चुलिँदा प्रोभिजन बढाउन बाध्य भएका छन्।

हङकङको सबैभन्दा ठूलो परिवारिक स्वामित्वको ऋणदाता बैंक अफ इस्ट एसिया (बीईए)ले चीनमा खराब कर्जा अनुपात ०.४ प्रतिशतको विन्दुले बढेर पहिलो त्रैमास ३.१५ प्रतिशत पुगेको जनाएको छ। ‘व्यापारिक समूहले थुप्रै चुनौती सामना गर्नुपरिरहेको छ’, बीईएका को–सीईओहरु एडरियन ली र ब्रेन लीले भने, ‘यसमा चिनियाँ रियल इस्टेट क्षेत्रले थुप्रै संघर्ष गरिरहनुपरेको छ। अमेरिकी र युरोपेली बैंकहरु डुब्ने चिन्ता बढेको छ। बढ्दोे ब्याजदर र मुद्रास्फीको चापले विश्वव्यापी आर्थिक अनिश्चितता बढेको छ।’

यसका बाबजुद बीईए चीनले लगातार उच्च जोखिम भएका बैंक खाताहरु र प्रोएक्टिभ रिकभरी इफोर्टमार्फत सम्पत्तिको गुणस्तर व्यवस्थापन गर्ने कार्य जारी राखेको एउटा वक्तव्यमार्फत जानकारी गराएको छ।

चीन पाँचौँ ठूलो ऋणदाता चाइना कन्स्ट्रक्सन बैंक (सीसीबी) आफ्नो रिपोर्टमा रियल स्टेट क्षेत्रमा ८३३ अर्ब युआन विस्तार गरेको जनाएको छ। जुन अघिल्ला २०२२ को अन्त्यको तुलनामा ८.१ प्रतिशतले बढी हो। यद्यपि, पछिल्लो ६ महिनामा रियल स्टेट क्षेत्रमा खराब कर्जा १८ प्रतिशतले बढेर ३९.६ अर्ब युआन पुगेको छ। गत डिसेम्बरमा यो क्षेत्रमा खराब कर्जा ३३.६ अर्ब युआन थियो। ‘यद्यपि वित्तीय अवस्था राम्रा भएका प्रपर्टी डेभलपरहरुलाई बजारको जोखिमबाट निकाल्न आवश्यक सहयोग गर्न तयार छौँ’, कार्यकारी निर्देशक कुई योङले भने, ‘रियल स्टेट क्षेत्रको विकासका लागि हामी लगातार वित्तीय सहयोग जारी राख्नेछौँ।’

गोल्डम्यानले चीनमा देखिएको आर्थिक संकटले घर–जग्गा बजारमा १.९ खर्ब युआन क्षति पुग्न सक्ने अनुमान गरेको छ। बैंकहरुले १.२ खर्ब युआन अर्थात ६१ प्रतिशत घाटा व्यहोर्न सक्ने गोल्डम्यानको प्रक्षेपण छ।

आर्थिक संकटकै कारण चिनियाँ डेभलपर्सले जारी गरेको १६६ अर्ब डलरको अफशोर बोन्डको दुई तिहाइभन्दा बढी डिफल्ट हुने सम्भावना रहेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.