चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ

काठमाडाैं । चीनको हेपाहा प्रवृत्तिका कारण उत्तरी सीमानाका नेपाली हैरान छन्। सीमा सार्ने, दुर्व्यवहार गर्ने, नेपाली भुभागमा पनि जान–आउन नदिने गर्दा चीनियाँसँग उनीहरुको मन कुँढिएको छ।

चीनसँग रिसाउनुका धेरै कारण छन्। पहिलो कारण चीनले सुरु गरेको अघोषित नाकावन्दी हो। चीनियाँ वजारमा गएर ब्यापार गर्ने स्थानीयलाई अहिले सीमा क्षेत्रमा पुग्न समेत रोक लगाईएको छ। नाकावन्दीका कारण उनीहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामाग्रीको मुल्य आकाशिएको छ। काठमाण्डौं हुँदै पुग्ने सामानको मुल्य ३ देखि ४ गुणा महंगो भएको मुस्ताङको लोमान्थाङका स्थानीयवासी छिरिङ तार्गे वताउँछन्।

दोस्रो कारण सीमामा हुने मिचाहा प्रवृत्ति हो। अधिकांश सीमास्तम्भ नेपालतर्फ सारिएका छन्। तर, त्यसलाई राज्य नै लागेर छोपछाप गर्ने प्रयास गरिरहेको उनीहरु वताउँछन्। हुम्लाको लीमी लाप्चामा देखिएको सीमा समस्या त्यसको उदाहरण हो।

मातृभूमीप्रती अगाध मायाँ गर्ने उनीहरुलाई सीमा मिचेको र नेपाली भूमीमा पसेर चीनले संरचना वनाएको मन परेको छैन। यद्यपी यो विषयमा उनीहरु वोल्दैनन। किनकी यहाँ पूर्वराजपरिवार, मुखिया र जनप्रतिनिधिहरुको वोलवाला छ। सोझा स्थानीय उनीहरुप्रति नै भरोसा गर्छन।

गाउँमा प्रायः सवै निर्णय उनीहरुकै हुन्छ। यसको फाईदा चीनियाँले उठाएका छन्। टाठावाठालाई प्रभावमा पार्दा उनीहरुले सजिलै आफनो काम निकाल्न सक्छन्। कम जनसंख्या पनि उनीहरु हेपिनुको कारण हो। त्यसैले चीनले हेप्ने र काठमाण्डौंले सुनेको नसुनै गर्ने गरेको उनीहरु वताउँछन। सानो देशका गरिव भनेर चीनियाँ नागरिकले हेपेको उनीहरुलाई मन परेको छैन।

गैरकानुनी हस्तक्षेप पनि स्थानीयहरु रुष्ट हुने कारण हो। चीनियाँ सेनाले अनावश्यक रुपमा नेपालको निगरानी गर्छन। नेपाल पसेर धम्क्याउने, तर्साउने गर्छन भने ड्रोन मार्फत निगरानी गर्छन। यसले उनीहरु डराएका पनि छन्।

लोमानथाङमा होटल ब्यवसाय गर्ने कर्साङ आल्मो चीनका अगाडि नेपालको अवस्था टिठलाग्दो भएको वताउँछिन्। अहिले पनि चीनियाँहरु गाडी लिएर सानसँग नेपाल आउँने गरेको उनी वताउँछिन्। यसैगरी, लोमान्थाङको युरेनियममा चीनले आँखा गाडेको विषयमा समेत त्यहाँका स्थानीयवासी चीनसँग रुष्ट देखिएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.