पाकिस्तानी सेनाको डलर जिहादको खुलासा

इस्लामावाद । पाकिस्तानी सेनाको डलर जिहादबारे खुलासा गरिएको छ। पीटीएम प्रमुख मञ्जूर पश्तीनले पाकिस्तानी सेनाका जनरलहरूले डलर युद्धको लागि पूर्ण रूपरेखा बनाएका बताएका छन्।

उनीहरूले सशस्त्र सङ्गठनहरूसँग मिलेर युद्ध सुरु गरे तर स्वातदेखि क्वेटासम्म फैलिएको पश्तून जनताको कडा प्रतिरोधले उनीहरूको योजनामा बाधा पुगेको बताइएको थियो।

पश्तीनका अनुसार सार्वजनिक रूपमा आतंकवाद र डलर युद्धको प्रतिरोधमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरूलाई जनरलहरूको निर्देशनका आधारमा निशाना बनाइन्छ।
उनीहरुको उद्देश्य यी व्यक्तिहरूलाई मौन पार्नु र व्यवस्थित रूपमा डलर प्रोक्सी युद्धको निरन्तरता सुनिश्चित गर्नु रहेको बताइएको छ।

पश्तिनले यो रणनीति अन्ततः असफल हुने विश्वास व्यक्त गरेका छन्। पश्तून राष्ट्रका सन्तानहरूले पनि यी व्यापारिक सैन्य द्वन्द्वको प्रतिरोधमा सक्रिय रूपमा सहभागी हुने उनको विश्वास छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.