काठमाडाैं । बारागढी गाउँपालिकाले कृषकहरूलाई विषादी छर्ने न्यापस्याक चार्जर स्प्रेयर मेसिन वितरण गरेकाे छ । कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा स्प्रेयर मेसिन वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे।
आज भएको स्प्रेयर मेसिन वितरण कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष जयसवालले कृषिलाई व्यवसायिक रुपमा अघि बढाएर किसानहरुको आर्थिक समृद्धिका लागि गाउपालिकाले किसानहरुलाई मेसिन उपलब्ध गराएको बताउनु भयो ।

उहांले अहिलेको युगमा कृषिलाई यान्त्रिकरण गर्दै लैजानुपर्नेमा जोड दिँदै निर्बाहमुखी कृषि पेशा छोडेर व्यवसायिक रुपमा नै कृषिपेशालाई अगाल्न समेत आग्रह गर्नुभयाे ।
गाउँपालिकाले कृषकलाई लक्षित गर्दै खेतखेतमा पानीको बन्दोवस्त, विउ विजन, अनुदानमा मलखाद्य, बिउविजन, प्रदान गरेर पालिका कृषिमैत्री बन्दै गएको गाउँपालिका अध्यक्ष जयसवालले बताउनु भयाे ।

गाउँपालिकाअन्तर्गतका मकैबालीमा किराको प्रकोपले क्षति पुग्न थालेपछि त्यसको रोकथाम तथा उपचारको लागि विद्युतीय स्प्रेयर मेसिन वितरण गरिएको उहाँले जानकारी दिनुभयाे ।
कृषिमा किसानहरुलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्ने र गाउँपालिकालाई कृषि उत्पादनमा आत्म निर्भर गर्ने योजना अनुसार गाउँपालिका भित्रका किसानहरुलाई व्यवसायिक कृषि पेशामा प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा मेसिन वितरण गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कमलेश कुमार मिश्रले बताउनु भयाे ।

उहाँले १ सय ९० जना कृषकलाई स्प्रेयर वितरण गरिएकाे जानकारी दिनुभयाे । चालू आर्थिक वर्षकाे २०७९/०८० को कृषि कार्यक्रमअन्तर्गत स्प्रेयर वितरण गरेकाे गरिएकाे हाे । गाउँपालिकाअन्तर्गत कृषि सहकारी, व्यावसायिक र व्यक्तिगत फर्ममा आबद्ध कृषकहरूलाई मेसिन वितरण गरिएको हो ।
