चीनियाँ टाेली शीर्ष नेताकाे घरघरमा, जीएसआई र जीसीआईमा सहभागी हुन दबाव

काठमाडाैं । पटक पटक नेपालको आन्तरिक मामलामा हात हालेर गिजोलेको चीनले फेरी काठमाण्डौंमा दौडधुप सुरु गरेको छ। नेताका ढोका ढोका हिडिरहेको चीनियाँ टोली कुनै महत्वपूर्ण विषयमा कुरा गर्न आएको हुन सक्ने अनुमान छ। तर, नेताहरुले छलफलको विषय सार्वजनिक गरेका छैनन्।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिनसहितको टोली अहिले राजनीतिक भेटघाटमा ब्यस्त छ। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले आइतबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर चीनियाँ टोलीले अध्यक्ष ओली लगायतका नेतासँग भेटघाट गरेका हुन। उनीहरूबीच शिष्टाचार भेटघाट भएको एमाले कार्यालयले जनाएको छ।

त्यसपछि सो टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि ेट गरेको छ। उनीहरूबीच राप्रपा केन्द्रीय कार्यालयमा भेट भएको प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

भेटमा नेपाल चीन सम्बन्ध, दुई पार्टी बीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विषयवस्तुमा छलफल भएको छ।

चीनले पछिल्लो समय सुरक्षा रणनीतिसँग जोडिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) मा सहभागीका लागि नेपाललाई दबाव दिईरहेको छ।

चीनले हालसम्म तीन पटक यस विषयमा नेपाललाई ताकेता गरिसकेको छ। जेठ २९ मा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि चीनले जीएसआई र जीसीआईमा सहभागी हुन आग्रह गरेको थियो ।

नेपालले भने यो विषयमा आधिकारिक धारणा चीनलाई दिएको छैन। तर, नेपाल जीएसआईमा सहभागि नहुने तयारीमा छ। यो विषय सुरक्षा रणनीतिसँग जोडिएकाले नेपाल नवोलेरै चीनको दबावबाट मुक्त हुने प्रयास गरिरहेको स्रोत बताउँछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.