पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । पाकिस्तानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ईश्वरको निन्दा गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पाकिस्तानको माथिल्लो कोहिस्तान क्षेत्रमा निर्माणाधीन दासु जलविद्युत परियोजनामा कार्यरत चिनियाँ नागरिक पक्राउ परेकाे पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

डन अखबारका अनुसार सँगै काम गरिरहेका पाकिस्तानी मजदुरले ती चिनियाँ नगरिकविरुद्ध कोमिला प्रहरी चौकीमा ईश्वर निन्दाको उजुरी दिएको छ ।

ती चिनियाँ नागरिकविरुद्ध सो जलविद्युत परियोजनामा भारी सवारी चालकका रुपमा कार्यरत पाकिस्तानी नागरिकहरु गुलिस्तान र यासिरले उजुरी दर्ता गरेको डनले जनाएकाे छ ।

ती चिनियाँ नागरिकविरुद्ध पाकिस्तान दण्डसंहिताको धारा २९५ (सी) अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

ती चिनियाँ नागरिकले ईश्वरको निन्दा गरेको हल्ला फैलिएपछि उक्त जलविद्युत परियोजनाका लागि स्थापना गरिएको चिनियाँ शिविरनजिकै स्थानीयहरुले प्रदर्शन गरेको जनाइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.