कलैया । वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उपेन्द्र यादवलाई जिताउन चिनियाँ प्रतिनिधि तथा एजेण्टहरु बाराका विभिन्न स्थानमा सक्रिय भएका छन् ।
स्राेतका अनुसार पैसाको खोलो बगाएर नतिजा प्रभावित पार्ने उद्देश्यले आर्थिक सहयोग बाेकेर चिनियाँ प्रतिनिधि तथा एजेण्टहरु बाराका विभिन्न स्थानमा सक्रिय भएका हुन् ।
चीनकाे छत्रछायाँमा राजनीति गर्दै आएका उपेन्द्रलाई चुनाव खर्च बाेकेर चिनियाँ एजेण्टहरु बारामा सक्रिय भएको स्राेतकाे दाबी छ ।
स्राेतले भन्याे,’ चिनियाँ एजेण्टहरुले विभिन्न पक्षसँग समन्वय गरेर गठबन्धनका उम्मेदवार उपेन्द्रलाई जिताउन पैसा बाँडिरहेका छन्।’
मतदाता किन्न, भोज-भतेर गर्न तथा कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न भनेर १४ करोड रुपैयाँ लिएर चिनियाँ एजेण्ट दिपक भट्ट तथा मनोजमान श्रेष्ठ बारामा खटिएकाे स्राेतकाे दाबी छ ।