उइगुर समुदायमाथि चीनको अमानवीय व्यवहार

काठमाडाैं । चिनियाँ पुन: शिक्षा शिविरको अनुभव गरेका दुई महिलाले अमेरिकी कांग्रेसका सदस्यहरू सामु गवाही दिएका छन्। यस्ताे दृश्य पहिलो पटक देखिएको हो ।

द गार्डियनमा प्रकाशित समाचारका अनुसार अमेरिकी कंग्रेसको विशेष सदन समितिमा गवाही दिँदै दुई महिलाले चिनियाँ सरकारको कालो कर्तुतको पर्दाफास गर्दै आफूहरूलाई तीन वर्षसम्म हिरासत शिविर र प्रहरी चौकीमा थुनिएको बताएकी छन्।

यस अवधिमा कैदीहरूलाई हरेक दिन ११ घण्टाको ब्रेन वास गर्ने काम गरिन्थ्याे । उइघुर महिला गुलबहार हातिवजीले चिनियाँ डिटेन्सन क्याम्प र प्रहरी चौकीमा थुनिएको अवस्थामा खाना खानुअघि चिनियाँ सरकारको प्रशंसा गर्नु र पछि देशभक्तिको गीत गाउनु अनिवार्य भएको बताइन् ।

उइगुर भाषा बोल्दा समेत सजाय भोग्ने गरेको उनले बताए । यसका साथै उनीहरुलाई सधैँ सोधपुछको सामना गर्नुपर्ने हुन्छ, यस क्रममा उनीहरुलाई कुर्सीमा हुडले बाँधेर राखिएको थियो ।

उइगुर मुस्लिम महिलाले एकपटक आफूलाई २० दिनसम्म ओछ्यानमा बाँधेर राखिएको बताइन् । शिविरमा महिला कैदीबन्दीको पनि नस बन्धन गरिएको थियो । यसका लागि खोप लगाइएको र शिविरभर क्यामेरा जडान गरिएको हातवाजीले बताइन् ।

नेदरल्याण्डमा बसोबास गर्ने मानवअधिकार कार्यकर्ता केल्बिनुर सिदिकले भने कि चिनियाँ अधिकारीहरूले कुनै न कुनै रूपमा नजरबन्द शिविर र शिक्षण कक्षाहरूमा जबरजस्ती गरेका थिए।

सिदिकको परिवार र फ्रान्सेली सरकारको प्रयासमा उनी सन् २०१९ मा रिहा भएकी थिइन् । यस क्रममा उनी निकै कमजोर भइन् । यही कारणले गर्दा उनी बाहिर गएर कुपोषणको शिकार नहोस् भनेर चिनियाँ अधिकारीहरूले खाना खान बाध्य बनाएका थिए। त्यसैगरी फ्रान्स जानुअघि शिविरको बारेमा केही बताएमा परिवार र आफन्तलाई मार्ने चेतावनी दिइएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.