‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

काठमाडाैं । संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास सम्भव नहुने बताउनु भएकाे छ ।

आइतबार काठमाडाैंमा राष्ट्रिय एकता अभियानले आयाेजना ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार-गोष्ठीमा बाेल्दै उहाँले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे ।

उहाँले भन्नुभयाे,’कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।’

उहाँले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने दाेहर्‍याउनु भयाे ।

त्यस्तै गाेष्ठीमा सहभागी विश्लेषक बुद्ध छोरिंग लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाउनु भयाे।

उहाँले भन्नुभयाे,’चीनले नेपाललाई श्रीलंका बनाउनु खाेजिरहेकाे छ, चीनले पाेखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेकाे छ।’

त्यसैगरी वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनकाे विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जाेड दिनुभयाे । उहाँले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे आराेप लगाउनु भयाे ।

उहाँले भन्नुभयाे,’चीनकाे विस्तारवादी नीतिलाई राेक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणकाे जालमा फस्न दिनु हुँदैन।’

त्यस्तै अर्का सहभागी सीताराम अग्रवालले चीनले पछिल्लाे समय नेपालकाे भूभाग पनि मिचेकाे समाचार पत्र पत्रिकामा पढिरहेकाे बताउनु भयाे । उहाँले चिनियाँ नागरिक नेपालमा अवैध गति गरेकाे देशकाे सुरक्षा नै खतरामा परेकाे बताउनु भयाे ।

त्यस्तै कार्यक्रममा सहभागी अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, शहीद परिवारका सदस्य एवं प्रधानमंत्री सचिवालय सदस्य बबिता ठाकुर, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल लगायतले चीनकाे विस्तारवादी नीतिलाई जरैदेखि फाल्नु पर्नेमा जाेड दिएका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.