काठमाडौं । चीनले आफ्नाे देशमा रहेका विदेशी कम्पनीहरुमाथि ज्यादती गरिरहेकाे छ ।
पछिल्लाे समय चिनियाँ अधिकारीहरूले बेइजिङमा रहेकाे अमेरिकी कम्पनीको कार्यालयमा छापा ज्यादती गरिरहेकाे समाभार बाहिरिएकाे छ ।
चिनियाँ अधिकारीहरूले बेइजिङको अमेरिकी फर्म मिन्ट्ज समूहको कार्यालयमा छापा मारेका छन् । धोखाधडी अनुसन्धानमा विशेषज्ञता प्रदान गर्ने मिन्ट्ज समूह एक उचित परिश्रम फर्म हो ।
कम्पनीले आफ्ना ५ जना कर्मचारीलाई नियन्त्रणमा लिएर कार्यालयको काम ठप्प भएको जनाएको छ ।
पक्राउ परेकाहरू चीनका नागरिक हुन् । सोमबार कर्मचारीहरुले छापा मारेपछि कम्पनिका कर्मचारीहरु बेइजिङबाट बाहिर गएको बताइएको छ ।
चिनियाँ अधिकारीको यो कदम अमेरिका र चीनबीच बढ्दो तनावका बीचमा भएको हो । यस कार्यले विदेशी कम्पनीहरूमा चिन्ताको वातावरण बढाउने संवाददाताहरू बताउँछन् ।
यसले चीनका स्थानीय कम्पनीहरूसँग व्यापार गर्ने क्षमता प्रभावित हुनेछ ।












Facebook Comments