एजेन्सी । जर्मनीले फाइभजी नेटवर्कमा हुवावे तथा ZTE प्रविधि प्रयोग नगर्नेबारे गरेको निर्णय गरेकाे छ ।
साइबर सुरक्षाका कारण जर्मनीले चिनियाँ कम्पनी हुवावे र ZTE को सेवा फाइभ जी नेकवर्टमा समावेश नगर्ने जनाएको हो।
सो निर्णयको विरोध स्वरुप जर्मनीस्थित चिनियाँ दुतावासले वास्तविक तथ्य बिना आफ्नो मुलुकको प्रविधि बहिस्कार गर्नु दुखद भएको प्रतिक्रिया दिएको छ ।
जर्मनीले राष्ट्रिय सुरक्षाको मामिला देखाएर चिनियाँ प्रविधिमा विभेद गर्दा चीनसंगको अन्य सम्बन्धमा समेत खलल पुग्न सक्ने दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस अघि अष्ट्रेलिया, जपान, बेलायत तथा अमेरिकाले समेत राष्ट्रिय साइबर सुरक्षामा खतरा रहेको भन्दै हुवावे र ZTE प्रविधि निषेध गरिकेको छन् ।