एजेन्सी । चीनलाई विश्वकाे लागि कारखाना भनिन्छ। चीनले सुरक्षा पिनदेखि रकेटसम्मका वस्तु निर्माण गर्छ । तर पछिल्लाे समय चीनमा रहेका अधिकांश वस्तु निर्माण कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन्।
वास्तवमा चीनले विश्वको लागि सामानहरू निर्माण गरेर बेच्ने गरेकाे छ । तर जब विश्वको ठूला बजारहरू आर्थिक मन्दीकाे चपेटामा परेपछि चिनियाँ सामानकाे निर्यात घटेकाे छ ।
त्यसैले चिनियाँ वस्तु निर्माण कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् । चालु वर्षकाे पहिलो दुई महिनाले चीनको बिग्रँदै गरेको अवस्थालाई औंल्याएकाे छ ।
अमेरिका र युरोपबाट माग घट्दा चालु वर्षकाे जनवारी र फरवरीमा चिनियाँ वस्तुकाे व्यापार ह्वात्तै घटेकाे छ। अमेरिका र युरोपको ब्याज दरमा बृद्धि भएको भएपछि माग प्रभावित भएको छ।
यस्तो अवस्थामा आर्थिक बृद्धिलाई बढाउने चिनियाँ प्रयासलाई झट्का लागेकाे छ । यो जानकारी मंगलबार चीनको भन्सार विभागले मंगलबार सार्वजनिक गरेकाे तथ्यांकबाट प्राप्त भएकाे हाे। यसका अनुसार पछिल्ला दुई महिनामा चीनको निर्यात ६.८ प्रतिशतले घटेर ५०६.३ अर्ब डलर रहेकाे छ ।
यद्यपि डिसेम्बरमा रेकर्ड गरिएको १०.१ प्रतिशतले प्रतिशत गिरावटमा केही सुधार आएकाे हाे ।
चालु वर्षकाे जनवरी र फरवरीमा चीनकाे आयत १०.२ प्रतिशत घटेर ३८९.४ अर्ब डलर रहेकाे छ । गत डिसेम्बरमा ७.३ ले गिरावट आएकाे थियाे ।
यद्यपि विगत दुई महिनामा, चीनको व्यापार बचत ०.८ प्रतिशतले वृद्धि भई ११६.९ अर्ब डलर पुगेको छ। कोभिड महामारीसँग सम्बन्धित प्रतिबन्ध हटाएपछि चीन अब आर्थिक गतिविधिलाई तीव्र पारिरहेकाे छ । तर युरोप र अमेरिकामा सुस्त मागका कारण चीनकाे व्यापार ह्वात्तै घटेकाे छ ।