नेपाली आकाशमा किन उडिरहेको छ चिनियाँ विमान ?

काठमाडौं ।  नेपालमा हवाई उडानमा तत्कालका लागि रोक लगाइए पनि आइतबार विहान चिनियाँ विमानले फन्को मारिरहेपछि शंका उत्पन्न भएको छ।  लकडाउनको समयमा नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ विमान उड्दा शंका उत्पन्न भएको हो ।

सगरमाथा क्षेत्रमा विहानैदेखि चिनियाँ विमानले कयौंपटक फन्को मारेपछि सर्वसाधारणमा चासो र आशंकका जन्माएको छ । नेपाल–भारत र चीनबीच सिमानाका विषयमा तनाव उत्पन्न भइरहेको पृष्ठभूमिमा नेपालको संवेदनशील क्षेत्रमा चिनियाँ विमानले लगातार फन्को मारिरहेको देखिँदा आशंका बढाएको हो ।

लकडाउनको बेलामा चिनियाँ जहाज नेपाली आकाशमा देखिएको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सगरमाथाको सर्भेका लागि चिनियाँ विमानले उडान गरेको वताएका छ। ।

लकडाउनमा सर्भेका लागि चीनले स्वीकृति लिएर नै सगरमाथा आसपासमा आफ्नो उडान गरिरहेको वताइएएको छ । सरकारले कोरोना संक्रमण बढ्न नदिन नेपालमा हवाई र चार्टर्ड उडानमा भने  रोक लगाएको छ । तर, चीनलाई भने नेपालमा उक्त नियम लागु हुन सकेको छैन।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.