सोमबार नेपाल आउँदै भारतीय विदेश सचिव विनय मोहन

काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमबार काठमाडौं आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।

सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो दिने छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.