सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउन मन्त्री खानको निर्देशन

काठमाडौँ । नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँनले आम नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउनु पर्ने मन्त्री खानले निर्देशन दिनु भएको छ ।

नगरपालिका संघकाे आयाेजनामा राखिएको कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री अब्दुल खानंले सम्पूर्ण नगरपालिकाहरुले खानेपानी सम्बन्धि यूनिट नगरपालिकामा राखनुपर्ने बताउनुभयो । प्रमुख अतिथिको रुपमा जाने कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउनु पर्ने बताउनु भयो ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खानले जिम्मेवारी ईमान्दारी पुर्वक बहन गर्न निर्देशन दिनु भयो । मन्त्री खानले गुणस्तर मापनकाे प्रयाेगगरिने बताउनु भयो । याेजनाहरु डुपलिकेशन नहुनेगरी तिनै तहकाे सरकारकाे समान्वयमा याेजना बनाउने मन्त्री खानले बताउनु भयो । कार्यक्रम कालीनिधी देव सापकाेटाकाे अध्यक्षतामा सम्पन्न भयो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.