भारतीय राजदूतावासमा मनाइयो ७४ औं गणतन्त्र दिवस

काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ ।

बिहीबार दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा भारतको ७४ औं गणतन्त्र दिवस मनाएको हो ।

दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ।

साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गर्छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.