भारतीय दूतावासद्वारा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत दौड प्रतियाेगिता आयोजना

काठमाडाैं । भारतीय राजदूतावास, काठमाडौंले वातावरण मैत्री LIFE (Lifestyle for Environment) को अवधारणालाई प्रवर्द्धन गर्न हेतु “आजादीका अमृत महोत्सव” अन्तर्गत आज पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको आयोजना गरेकाे छ ।

जलवायु परिवर्तन विरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्द्धन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको समुपस्थितिमा मिशन LiFE को शुरुवात गर्नुभएको हो ।

विश्वभरका मानिसलाई सरल एवम् वातावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु मिशन LiFE को उद्देश्य रहेको दूतावासले जनाएकाे छ ।

नेपालका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाई दौड कार्यक्रमको शुभारम्भ गर्नु भएकाे थियाे ।

सौ दौडमा कलाकार प्रदिप खड्का, पर्वतारोहीद्वय पुर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधि विजेता आलोक खत्री लगायत १ हजार जनाको सहभागिता थियो ।

दौड पूरा गर्ने शीर्ष पुरुष तथा महिला धावकलाई मन्त्री किराती र राजदूत श्रीवास्तवले रिसाइकल गरि बनाइएको धातुबाट निर्मित LiFE पदक तथा विरुवा प्रदान गरि सम्मान गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालका जनताले वातावरण मैत्री जीवनशैली अपनाई पृथ्वीलाई बचाउने कार्यमा हातेमालो गर्ने विश्वास रहेकाे बताउनु भयाे।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.