भारतले विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्दै

काठमाडाैं । नवीन एवम् विशिष्ट पहलका साथ भारतले २ दिने एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्न लागेकाे छ ।

“युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज” विषयवस्तु अन्तर्गतको यस “भ्वाइस अफ ग्लोबल साउथ समिट”ले ग्लोबल साउथका राष्ट्रहरुलाई साझा मञ्च प्रदान गर्ने उद्देश्यले यही पौष २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्न लागेकाे हाे ।

सम्मेलनमा उनीहरुका विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न उनीहरुलाई एकै ठाउँमा ल्याउने परिकल्पना गरिएकाे छ । यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको भारतले जनाएकाे छ ।

यो पहल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सार्नुभएको परिकल्पना “सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास” बाट प्रेरित बताइएकाे छ ।

३. भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरुबाट आएका अमूल्य सुझावहरुलाई विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले जाेड दिने बताइएकाे छ ।

यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्द नभएका राष्ट्रहरुलाई जी–२० मार्फत उनीहरुका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्न लागेकाे छ ।

यो जी–२० का सदस्यहरुसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरुका आवाजलाई पनि उत्तिकै महत्व दिँदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ रहेकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.