काेराेनाकाे नाममा चिनियाँ स्वास्थ्यकर्मी घर-घरमा छापा मार्दै (भिडियाेसहित)

काठमाडाैं । काेराेनाकाे नाममा चिनियाँ स्वास्थ्यकर्मीहरूले घर-घरमा छापा मारिरहेका छन् ।

लगातार कोभिड संक्रमितकाे संख्या बढ्न थालेपछि विभिन्न बहानामा चिनियाँ स्वास्थ्यकर्मीहरूले घर-घरमा छापा मारिरहेका हुन् ।

चिनियाँ सरकारले शुन्य काेभिड नीतिकाे नाममा जनताहरूलाई विभिन्न बहानामा दुःख दिइरहेकाे छ ।

चीनको राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीतिमा कुनै परिवर्तन नहुने संकेत गर्दै ‘भाइरसको फैलावट रोक्नका लागि जनयुद्ध’ गर्नु पर्ने भन्दै आएका छन्।

कडा शून्य–कोभिड नीतिअन्तर्गत सानो प्रकोपले पनि सम्पूर्ण शहरहरू बन्द गर्न सक्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् ।

अथक नीतिले महामारीको तेस्रो वर्ष नजिकिँदै जाँदा जनसंख्यामा असन्तुष्टि बढेको छ र विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा उत्पादकत्वमा असर पारेको छ ।

चीनमा नाेभेम्वर अन्ततिर दैनिक कोभिड संक्रमण दर पुनः बढ्दै गइरहेकाे छ । कोभिड नियन्त्रण गर्न चिनियाँ सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध लगाउने जस्ता नियम लागू गरिरहेकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.