ओलीले १० करोडमा कमल थापालाई सूर्य चिन्ह बेचेको खुलासा

हेटौंडा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको खुलासा भएकाे छ ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले एमाले अध्यक्ष ओलीले राप्रपा नेपालका अध्यक्ष थापालाई सूर्य चिन्ह बेचेको खुलासा गरेका हुन्।

शुक्रबार लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ मा उम्मेदवार रहेका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले १० करोडमा सूर्य चिन्ह बेचेको दावी गरे ।

पूर्वमन्त्रीसमेत रहेको खतिवडाले ओलीले राजावादी र विखण्डनकारीसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बचेको दावी गरे ।

अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई जेलमुक्त गर्न विधेयक ल्याइनेसमेत उनको भनाइ छ ।

Facebook Comments