डडेल्धुरामा सुत्केरी महिलामा कोरोना देखियो

काठमाडौँ । डडेल्धुराकी एक सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा ती महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

नवदुर्गा गाउँपालिका सिराडस्थित क्वारेन्टाइनबाट ती महिला सुरक्षित प्रसुतिका लागि २१ जेठमा डडेल्धुरा अस्पताल पुगेकी थिइन् । २२ जेठमा उनको स्वाव संकलन गरेर धनगढी पठाइएकोमा शनिबार रिपोर्ट पोजिटिभ आएको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.