माल्दिभ्सको होटलमा पाकिस्तानी शेफले गरे बंगलादेशी वेटरको छुरा प्रहार गरी हत्या

एजेन्सी । माल्दिभ्सको हुल्हुमालेमा रहेको खान्जी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्ने एक बंगलादेशी नागरिकको पाकिस्तानी आप्रवासीले धारिलो वस्तु प्रहार गरी हत्या गरेको छ। माल्दिभ्स प्रहरी सेवा (एमपीएस) ले शनिबार साँझ हुल्हुमालेको एक रेस्टुरेन्टमा धारिलो हतियारले आक्रमण गरेको जानकारी प्राप्त भएको बताएको छ।

आक्रमणकारीको पहिचान रेस्टुरेन्टका शेफ २६ वर्षीय मोहम्मद आबिदको रूपमा गरिएको छ। पीडितलाई धारिलो वस्तुले धेरै पटक छुरा प्रहार गरेको थियो। उनलाई अस्पतालमा लगेका भए पनि उनको पहिले नै मृत्यु भइसकेको चिकित्सकले बताएको स्थानीय सञ्‍चारमाध्यमले रिपोर्ट गरेको छ।

खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको थियो। तर, त्यतिन्जेलसम्म आक्रमणकारी घटनास्थलबाट भागिसकेका थिए। हालसम्म पाकिस्तानी आक्रमणकारी पत्ता लाग्‍न सकेको छैन र प्रहरीले खोजी गरिरहेको छ।

प्रहरीले शंकास्पद व्यक्तिलाई देखेमा उनको ठेगानाबारे प्रहरीलाई खबर गर्न पनि सचेत गराएको छ। अनलाइन वेब-आधारित प्लेटफर्मका अनुसार प्रहरीले आक्रमणकारीलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.