मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सब-स्टेसन परियोजनाको उद्घाटन

काठमाडौं । मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको छ।

भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माणाधीन मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको हो।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कास्कीको लाहाचोकबाट परियोजनाको उद्घाटन गरेकी हुन्।

स्वतन्त्र भएको ७५ औं वार्षिक उत्सव मनाउन भारतले ‘इन्डिया ७५ आजादी अमृत महोत्सव’ अन्तर्गत यस परियोजनाको उद्घाटन गरिएको हो। यस वर्ष भारतले ७५ वटा परियोजनाको उद्घाटन गर्दैछ।

एक्जिम बैंकको आर्थिक सहयोगमा केपिटिएल लिमिटेड र एबिबीले यस परियोजनाको निर्माण गरिरहेका छन्।

यस परियोजनाको ४२ किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ। नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरूको निर्माण भएका छन्।

प्रसारण लाइनको निर्माण चाँडै सकिने मन्त्रालयले जनाएको छ।

भारत सरकारले नेपाललाई चार वटा प्रसारण लाइनका र सबस्टेसन परियोजनाको निर्माण गर्न ऋण सहयोग गरेको हो।

ती परियोजनामा २२० केभीको कोसी कोरिडोर १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भित्तामोड खण्ड छन्।

कार्यक्रममा भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसूदन नेतृत्वको टोली लगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरू उपस्थिति थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.