चिनियाँ नागरिक पक्राउ

काठमाडौँ – पुर्वी नेपालको हिमाली जिल्ला संखुवासभामा रहेको किमाथांका नाकाबाट आएका चाइनिज नागरिक पक्राउ परेका छन्।

निषेधित क्षेत्र भोटखोला गाउँपालिका १ किमाथांका क्षेत्रबाट २८ वर्षीय झाउ जियानजियान पक्राउ परेका हुन्।

सीमा प्रहरी चौकी किमाथांकाको टोलीले उनलाई पक्राउ गरेर शुक्रबार अध्यागमन विभाग काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवन कुमार गौतमले जानकारी दिए।

Facebook Comments