मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका छन् । अल्मुताइरीले सोमबार दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

उनको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् भने मनिष डाँगी र दर्शन गुरुङ समावेश छन् । नेपालले मङ्गलबार (भोलि) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मोरिसससँग खेल्ने छ ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले मोरिससलाई १-० ले हराएको थियो ।

नेपाली टोली :
किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.