पसल बन्द गर्दै हिँडेका सइमाथि मुक्का प्रहार

काठमाडाैं । बजार बन्द गराउन खटिएका प्रहरीका एकजना सइलाई बिहीबार जनकपुरमा स्थानीय एक युवाले कुटपिट गरेका छन्। जानकी मन्दिर आसपासका पसल बन्द गराउन खटिएका वेला जानकी प्रहरी चौकीका इन्चार्ज (सइ) राजाराम यादवमाथि मुक्का प्रहार भएको हो।

जनकपुरका व्यापारीले बिहीबारदेखि पसल खोल्न सुरु गरेका छन्। दिउँसो १२ बजे पसल बन्द गर्न खटिएका वेला स्थानीय व्यापारीले विरोध गरेका थिए। लकडाउन कार्यान्वयनमा खटिएका सइ यादवले बजार बन्द गर्ने आदेश माथिको भएकाले पसल खोल्न दिन नमिल्ने बताइरहँदा उनीमाथि एक व्यापारी युवाले मुक्का प्रहार गरेका हुन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.