बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कारकाे माग गर्दै इस्तानबुलमा प्रदर्शन

काठमाडौं – चीनको उइघुर मुस्लिम जातीय समूहले टर्कीको राजधानी इस्तानबुलमा विरोध प्रदर्शन गरेका छन्। अल्पसंख्यकहरूलाई चीनले गरेको व्यवहारलाई लिएर बेइजिङमा अर्को महिना हुन लागेको शीतकालीन ओलम्पिक बहिष्कार गर्न आह्वान गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

दर्जनौं प्रदर्शनकारीहरू शहरको टर्की ओलम्पिक कमिटी भवन बाहिर भेला भएका थिए। पूर्वीतुर्कस्तानको स्वतन्त्रता आन्दोलनको नीलो र सेतो झण्डा फहराउँदै प्रदर्शनमा उत्रिएका उनीहरुले बेइजिङले आफ्नो सुदूरपश्चिमी क्षेत्र सिन्जियाङको स्थिरतालाई खतरामा पारेको आरोप लगाए।

‘चीन, नरसंहार रोक, सैन्य ब्यारेकहरु बन्द गर,’ भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका थिए। केहीले ‘नरसंहार ओलम्पिक रोकौं’ लेखिएको ब्यानर बोकेका थिए। ‘उइघुरहरूविरुद्ध यातना, क्रूरता र नरसंहार गर्दा चीनलाई ओलम्पिक आयोजना गर्ने अधिकार छैन,’ उइघुर गृहिणी मुनेभर ओजुयगुरले भनिन्।

संयुक्त राष्ट्र र अधिकार समूहहरूले सिन्जियाङको शिविरहरूमा हालैका वर्षहरूमा मुख्यतया: उइघुर र अन्य मुस्लिम अल्पसंख्यकहरूका १० लाखभन्दा बढी मानिसहरूलाई हिरासतमा राखिएको अनुमान गरिएको छ। तर, बेइजिङले सिन्जियाङमा नरसंहार वा जबरजस्ती श्रम गराएको आरोपलाई अस्वीकार गर्दै आएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.