मितिभन्दा १२ हप्ता पहिल्यै जन्मिइन् छोरी, आमा बनिन् अभिनेत्री प्रियंका

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतबाट एक छोरीकी आमा बनेकी छन्।

सामाजिक सञ्जालमार्फत् उनले आफू सरोगेसीको मद्दतबाट आमा बनेको खबर सार्वजनिक गरेकी हुन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् आफ्नो बच्चा चिकित्सकले भनेको मितिभन्दा १२ हप्ता पहिल्यै जन्मिएको जानकारी दिएकी छन् । प्रियंकाले आफू आमा बनेको बताउँदै आफ्नो गोपनीयतालाई ख्याल गर्न भनेकी छन्।

प्रियंकाका अनुसार निर्धारित अवधि अगावै जन्मिएकी छोरीलाई अमेरिकाको क्यालिफोर्नियाको एक अस्पतालमा राखिएको छ। बच्चाको स्वास्थ्य कमजोर भएकाले केही साता उनलाई अस्पतालमै राखिनेछ। सन् २०१८ मा गायक निक जोनससँग प्रियंकाले विवाह गरेकी थिइन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.