सरकारले घटायाे पीसीआर शुल्क

काठमाडौं– सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो।

सरकारी अस्पताल तथा प्रयोशालाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको निस्शुल्क हुनेछ। अन्यको हकमा भने ८०० रुपैयाँ शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए। यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो।

उनका अनुसार सिमा नाकाहरुमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.