मुख्य मन्त्री शाहीले भने : बरु पद छाडिदिन्छु, भागबण्डाका नाममा मन्त्रालय फुटाउँदिन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रालय फुटाएर भागबन्डा मिलाउने पक्षमा आफू नभएको स्पष्ट पारेका छन्। केही नेताहरूबाट भागबण्डा मिलाउने कुरा भइरहेकाले आफू त्यसको पक्षमा नभएको उनले स्पष्ट पारेका हुन् ।

सरकारका कार्यसम्पादनबारे जानकारी दिए गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘बरु पद छाडिदिन्छु, भागबण्डाका नाममा मन्त्रालय फुटाउँदिन ।’ उनले प्रदेशको खर्च बढ्ने भएकाले आफू त्यसको पक्षमा नभएको बताएका हुन् । ‘मन्त्रालय फुटाएर खर्च बढाउनुभन्दा त्यो बढ्ने खर्चले विकास गर्ने पक्षमा म उभिनेछु ।’ उनले भने ।

कार्यप्रगतिबारे मुख्यमन्त्रीले विभिन्न अस्पताललाई कोरोना न्यूनीकरण गर्न ८० लाख, प्रदेश अस्पतालको यूपीएस सिस्टम खरिदका लागि ३८ लाख, जनस्वास्थ्य प्रयोगशालाका लागि दुई करोड विनियोजन गरेको बताए।

कर्णालीमा ८ वटा अक्सिजन प्लान्ट स्थापना गरिएको बताउँदै जिल्लाहरूमा एम्बुलेन्स, शववाहनका लागि पनि बजेट पठाइसकिएको उनले पत्रकार सम्मेलनमा बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.