मन्त्री आले नारायणहिटीको बंकरभित्र छिरेर निस्किए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आइतबार नारायणहिटी दरबारभित्र रहेको बंकरको अवलोकन गरेका छन् ।

नारायणहिटीभित्र सरकारी पक्षले अनधिकृतरुपमा बतास अर्गनाइजेशनलाई निर्माण गर्न दिएको संरचना भत्काएर चर्चामा आएका मन्त्री आले गौशालास्थित पशुपति धर्मशालाको अवकलोन गरेपछि बंकर हेर्न नारायणहिटी पुगेका हुन् ।

बंकरभित्र बतास समूहले मदिरा राख्ने स्थल बनाउन लागेको भन्दै आलेले त्यसलाई दुष्प्रयासको संज्ञा दिए । आक्रोशित मुद्रामा उनले पुरातात्विक महत्वको सुन्दर क्षेत्रमाथिको दोहन सैह्य नहुने बताए । आलेले जतिसक्दो छिटो संरचना भत्काउन पनि निर्देशन दिए ।

Facebook Comments