आइसोलेसन रहेका ‘प्रचण्ड’को कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा बसेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको उनकी छोरी गंगा दाहालले जानकारी दिइन्। गत शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरसको पुष्टि भएको थियो।

प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएको दाहालले जानकारी दिइन्। प्रचण्ड चिकित्सकको सल्लाह अनुसार शनिबारमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्नेछन्। महाधिवेशनपछि माओवादीका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.