काठमाडौँ – देशभर कोभिड संक्रमितको दर बढेको छ ।
आज देशभर २४४४ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२ सय ८६ कोभिड संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा ९८०, ललितपुरमा २२१ जना र भक्तपुरमा ८५ जना कोभिड संक्रमित थपिएको छ ।
आज देशभर १४ हजार ३३ जनाको कोभिड परीक्षण गरिएको थियो ।