अवैध रकम ओसारपसारको धन्दामा सौर्य एयरलायन्स, स्टेसन म्यानेजर पक्राउ

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले सौर्य एयरलायन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई शनिबार साँझ पक्राउ गरेको छ ।

सौर्य एयरलायन्सको १:३० बजेको उडानमा काठमाडौं विमानस्थलबाट स्रोत नखुलेको ५० लाख नगद बरामद भएपछि पौडेललाई पक्राउ गरी अनुसन्धान थालिएको मोरङ प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) जनार्दन जिसीका अनुसार विराटनगर १० घर भएका पौडेलले सुरक्षा जाँच नै नगराई पोका विमानमा राखेको शंका लागेपछि प्रहरीले सोधखोज गरेको थियो।

तर, सोधखोज हुँदाहुँदै विमान उडेपछि काठमाडौंमा खबर गरेर चेकजाँच गर्न लगाउँदा रकम बरामद भएको हो । उक्त रकम कम्पनीको हो वा अवैध हो भन्नेबारे अनुसन्धान भइरहेको एसपी जिसीले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.