माओवादीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता र पैसाप्रति आशक्ति बढेको प्रचण्डको निष्कर्ष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रति आशक्ति बढेको निष्कर्ष निकालेका छन्।

यो स्थिति बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव नहुने उनले उल्लेख गरेका छन्।

पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता नदेखेको बताएका छन्।

‘सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त हो। पार्टीका नेता-कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाइखुवाइ, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता-कार्यकर्ता र जनताबीचको सम्बन्ध वैयक्तिक, सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टीको सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको छ,’ प्रचण्डले भनेका छन्, ‘सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनीतिक संगठन र आचारणको तहबाट गम्भीर बहस र छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्दछ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.