आलियाको ब्लाउजलाई लिएर भयो विवाद

मुम्बई : सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पछिल्लो समय सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भएको छ।

उनीहरुले पोष्ट गर्ने हरेक चिजलाई सामाजिक सञ्जाल प्रयोगर्कताहरुले मिहिन ढंगले नियाल्ने हुँदा उनीहरु ट्रोलमा पर्ने गरेका छन्।

यसैबीच बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्।

आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्।

उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्।

सामाजिक सञ्जालमा आलियालाई अश्लीलता फैलाएको आरोपसमेत लगाएका छन्।

‘आजकल जति अश्लीलता देखाउ, त्यही फेशन बनिहाल्छ,’ एक जनाले कमेन्टमा लेखेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.