आज ५८० वर्ष यताकै लामो चन्द्रग्रहण लाग्ने, यी ५ राशिलाई हुँदैछ फलिफाप

काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्रग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ ।

पौराणिक कथा अनुसार देवता तथा राक्षसहरुद्धारा समुद्र मन्थनको क्रममा अमृत निस्कियो । अमृतपानका लागि देवता तथा राक्षसबीचमा युद्ध भयो । तब भगवान विष्णुले मोहिनी रुप धारण गरे र देवताहरुलाई मात्रै अमृत पिलाए ।

अमृत बाँड्ने क्रममा राहु नामको दानवले देवताको रुप धारणा गरे र अमृत पिउन सफल भए । राहुले अमृत पान गरेपछि सूर्य र चन्द्रले राहुलाई चिनिहाले र विष्णु भगवानलाई यस बारेमा जानकारी गराए ।

त्यसपछि भगवान विष्णुले राहुलाई तत्काले शीर छेदन गरी ह,त्या गरे । तर अमृत पानका कारण राहु अमर भयो र सो घटनापछि सूर्य र चन्द्रमालाई आफ्नो शत्रु मान्न लाग्यो । सोही कारण राहुले समय समयमा सूर्य तथा चन्द्रमालाई समाउने वा दुख दिने गर्दछ र त्यहीँ क्रमलाई चन्द्र तथा सूर्य ग्रहण भन्ने गरिन्छ ।

विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।

यो पटक कार्तिक पूर्णिमा अर्थात् आगामी नोभेम्बर १९, २०२१ (मंसीर ३) मा लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । सन् २०२१ को नोभेम्बर १९ पछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्रग्रहणमा विशेषगरी ५ राशि हुनेहरुलाई फलिफाप हुनेछ। पहिलो राशी हो मेष राशि, दोस्रोमा कन्या राशि, तेस्रोमा तुला राशि, चौथोमा कुम्भ राशि र पाँचौंमा मीन राशि।

यी ५ राशि हुनेहरुको पराक्रममा वृद्धि हुनेछ, धन दौलत, सुख प्राप्त हुनेछ। नयाँ कृतिस्व पनि प्राप्त गर्नेछन्। ग्रहण लागेका ठाउँहरुमा उक्त राशि हुनेहरुलाई विशेष फल प्राप्त हुनेछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.