रक्सीले लियो ४ जनाको ज्यान

काठमाडौं । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ। सो दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति १० बजेतिर यूके १२सी २९०० भारतीय नम्बरको कार दुर्घटना भएको हो।

मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन।
चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, एसपी बिनोद घिमिरेले बताएका छन्।

भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सीमावर्ती भारतीय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन्। चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भइ चारैजनाको ज्यान गएको हुनसक्ने बताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.