दिल्लीमा अफगानिस्ताबारे क्षेत्रीय सुरक्षा बैठक: समावेशी सरकार गठन गर्न तालिबानलाई आग्रह

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठकले अफगानिस्तानमा समावेशी सरकार गठन गर्न तालिबानसँग आग्रह गरेको छ। बुधबारदेखि सुरु भएको दुई दिने बैठकमा रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तानलगायतका प्रमुखहरु सहभागी भएका थिए।

बैठकपछि अफगानिस्तानबारे घोषणापत्र जारी गर्दै सहभागी ती देशका प्रतिनिधिले सो आग्रह गरेका हुन् । सात देशका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी बैठकले महिला, बालबालिका र अल्पसंख्यक समुदायको आधारभूत अधिकार सुनिश्चित गर्न पनि अफगान सरकारसँग आग्रह गरेको छ ।

तालिवानले अगस्टमा काबुल कब्जा गरेपछिको सुरक्षा अवस्थाबारे बैठकमा समीक्षा गरिएको थियो । सरकारमा राजनीतिक शक्तिसहित समाजका विभिन्न पक्षको सहभागीता हुनुपर्ने र यसले सम्पूर्ण अफगानीको प्रतिनिधित्व गर्ने दिल्ली घोषणापत्रमा उल्लेख छ ।

१५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानले त्यहाँको अल्पसंख्यक हजरा समुदायलाई सरकारमा सहभागी गराएको छैन् । त्यस्तै, मन्त्रिपरिषद्मा महिलाको उपस्थिति शून्य छ । तालिबानले महिला मन्त्रालय नै खारेज गरिदिएको छ । बैठकमा चीन र पाकिस्तान भने सहभागी भएका थिएनन्। भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.