चिनियाँ अधिकारीद्वारा अर्थमन्त्री तथा सभामुखसहितकाे टाेलीलाई भेट्न अस्वीकार

काठमाडौं । तातोपानी–खासा नाकामा चिनियाँ अधिकारीहरुले नेपालका अर्थमन्त्री जनार्दन शर्मा र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासँगको भेटवार्ता गर्न अस्वीकार गरेका छन् ।

अर्थमन्त्री र सभामुखसहितको टोली कार्तिक २२ गते टाटीपानी–खासा बिन्दुको भ्रमणमा गएका बेला चिनियाँ अधिकारीहरुले भेटवार्ता गर्न अस्वीकार गरेका हुन् ।

चिनियाँ अधिकारीहरुले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई भेटवार्ता गर्न अस्वीकार गरेपछि अपमान भएको छ ।

चिनियाँ अधिकारीहरूले अर्थमन्त्री शर्मा र सभामुख सापकोटासहितको टोलीलाई अहिले कुनै भेटघाटको कार्यक्रम हुन नसक्ने बताएका थिए । चिनियाँ अधिकारीले बहाना बनाउँदै भनेका थिए,‘ वरिष्ठ अधिकारीहरु आधिकारिक टुरमा बेइजिङ्ग गएका छन्, त्यसैले कुनै भेटघाटको कार्यक्रम हुँदैन ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.