काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले उडन्ते कुरा एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । साथै आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए ।
पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय नभएको भन्दै उनले ट्वीटरमा भनेका छन्, ‘हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएको र संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !’











Facebook Comments