१२ जनाकाे ज्यान जाने गरी सल्यानमा कसरी भयो बस दुर्घटना ?

काठमाडौं । आइतबार बिहानै सल्यानमा भएको यात्रुवाहक बस दुर्घटनामा मृतकको संंख्या १२ जना पुगेको छ ।

सल्यानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलमा आज बिहान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । अरु ६ जना घाइतेको अस्पताल लगेपछि मृत्यु भएको हो ।

गम्भीर घाइते १३ जनालाई नेपालगञ्ज ल्याइएको जानकारी सल्यानका डिएसपी गोविन्द थापा क्षेत्रीले दिए । जसमध्ये ९ जनाको एम्बुलेन्स र ४ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

डिएसपी थापाले प्रारम्भिक प्रकृति हेर्दा ओभरस्पिडको कारण यात्रुवाहक बस दुर्घटनामा परेको हुन सक्ने जानकारी दिए । बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ। बसमा ३० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ। मृतक १२ मध्ये १० जनाकाे सनाखत भएकाे छ ।

Facebook Comments