के कारणले भयो वकिलहरुबीच कुटाकुट ?

काठमाडाैं । सर्वोच्च अदालतमा न्यायाधीशले इजलास बहिष्कार गरेको विषयलाई लिएर वकिलहरुबीच कुटाकुट भएको छ।

इजलास बहिष्कारको विषयलाई लिएर अधिवक्ता भूमिनन्द चुडाललाई अधिवक्ता विराट न्यौपानेले नेपाल बार परिसरमा हातपात गरेका हुन् ।

मध्याह्न साढे १२ बजेको समयमा कुटपिटका क्रममा अधिवक्ता चुडालको कोट च्यातिएको छ। उनले कानुनी प्रक्रियामा जाने बताएका छन्। अधिवक्ता चुडालले इजलास सुचारु हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए।

अधिवक्ता चुडालले न्यायाधीशले इजालस बहिष्कार गर्न नमिल्ने बताएका थिए। अधिवक्ता न्यौपानेले भने नेपाल बार एसोसिएसनको निर्णयको समर्थन गर्दै न्यायधीशको अघोषित इजलास बहिष्कारको समर्थन गरेका थिए।

Facebook Comments