हेटौंडा । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् ।
नेकपा (एमाले)ले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिएका हुन् ।
एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि थपलियाले पनि राजिनामा दिएका हुन् । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।











Facebook Comments